हाई लाईटस : सशस्त्र द्वन्द्वमा घाइतेको अपांगता निर्धारण तथा पुनरावलाेकन कार्यबिधि कार्यान्वयन सम्बन्धी सूचना  |   सशस्त्र द्वन्द्वमा घाइतेको अपांगता निर्धारण तथा पुनरावलाेकन कार्यबिधि कार्यान्वयन सम्बन्धी पत्राचार  |   स्थानीय शान्ति समितिको कार्यालयका कर्मचारीहरुलाई निरन्तरता दिने सम्बन्धी सूचना  |   स्वत प्रकाशन गर्नुपर्ने त्रैमासिक विवरण प्रकाशन सम्बन्धमा  |   आ.व. ०७४/७५ को लागि सुचिकृत हुने सम्वन्धि सूचना  |  

पृष्ठभूमि

नेपाल सरकार र ने.क.पा. (माओवादी) बीच २०६३ साल मंसीर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौता र तत्पश्चात विकसित राजनीतिक घटनाक्रमहरुको परिणाम स्वरुप मुलुकमा एक दशकभन्दा लामो समयदेखि विद्यमान सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक-आर्थिक रुपान्तरणमा महत्वपुर्ण योगदान पुगेको अनुभव गरिएको छ । सशस्त्र द्वन्द्वको कारण उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई निराकरण गर्न र मुलुकको सामाजिक, आर्थिक र राजनीतिक जीवनमा पर्नसक्ने प्रतिकूल प्रभावहरुको न्यूनीकरणको लागि यसका मूलभूत कारणहरुलाई समयमै सम्बोधन गरिनु अत्यन्तै आवश्यक हुन्छ । वस्तुतः नेपालको सशस्त्र द्वन्द्वको प्रकृति, यसका कारण र प्रभावहरु अनि यसको समाधानार्थ अपनाइएका उपायहरु आफैंमा विशिष्ट किसिमका छन् र राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय स्तरमै चासो, चर्चा र अध्ययन-अनुसन्धानका विषयवस्तु बन्न पुगेका छन् । त्यसैगरी द्वन्द्व समाधान र द्वन्द्वोत्तरकालीन पुनर्निर्माण र पुनर्स्थापनको क्षेत्रमा अन्य मुलुकहरुले हासिल गरेको अनुभव हाम्रो लागि मार्गदर्शक बन्न सक्दछन् । विगतमा हामीले हासिल गरेका सफलता वा असफलताले हाम्रो साझा भविष्यको मार्गचित्र तयार गर्नमा उल्लेखनीय योगदान पुर्या उन सक्दछन् । राष्ट्रिय एवं अन्तरास्ट्रय जगतमा हासिल गरिएका अनुभव र उपलब्धिहरुको बारेमा आम रुपमा जानकारी प्रदान गरी र्सार्वजनिक महत्वका विषयमा सुसूचित हुने जनसाधारणको मौलिक हकको सम्मान गर्ने र शान्त, सुन्दर र समुन्नत नयाँ नेपालको निर्माणमा र्सार्थक योगदान पुर्याहउने उद्देश्यले नेपाल सरकार, शान्ति तथा पुनर्निर्माण मन्त्रालयले एउटा विद्युतीय सूचना केन्द्र स्थापना गर्ने प्रयास (Web Site Initiative) गरेको छ । मन्त्रालयको यस प्रयासबाट द्वन्द्व व्यवस्थापन, पुनर्निर्माण, पुनर्स्थापन एवं संक्रमणकालीन न्याय जस्ता विषयमा काम गर्ने पेशाकर्मीहरु, नीति निर्माताहरु, अध्ययन-अनुसन्धानकर्ताहरु तथा यस विषयमा प्रत्यक्ष वा परोक्ष रुपमा सरोकार राख्ने व्यक्ति तथा संस्थाहरुले महत्वपूर्ण एवं विशिष्टीकृत सूचना सामग्रीहरु प्राप्त गर्न सक्नुहुनेछ भन्ने अपेक्षा गरिएको छ । त्यसैगरी आपसी सम्वाद एवं अन्तरक्रियाहरुको माध्यमबाट नेपालको शान्ति प्रक्रियालाई अझ बढी परिष्कृत, वैज्ञानिक र वस्तुनिष्ठ तुल्याउन पनि यो केन्द्रले उत्प्रेरक (Catalyst) को भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा पनि मन्त्रालयले गरेको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय यस केन्द्रमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ । यस साइटको सामयिक सुधारका साथै सूचनाहरुको परिमार्जनको लागि यहाँहरुको अमूल्य सुझाव, प्रतिक्रिया र परामर्श निरन्तर प्राप्त भइ नै रहनेछन् भन्ने कुरामा मन्त्रालय विश्वस्त छ ।