प्रवक्ता
राम प्रसाद भट्टराई
सह सचिव/ महाशाखा प्रमुख
प्रशासन ,योजना तथा बैदेशिक समन्वय महाशाखा
फोन न.०१-४२०००८३
सूचना अधिकारी
दुर्गा प्रसाद भुर्तेल, उप सचिव
फोन:०१-४२११५५३, ०१-४२११०९७
मोबाइल: ९८४११८२७५८, इमेल:bhurteldp@gmail.com
प्रशासन योजना तथा वैदेशिक समन्यव महाशाखा
- मन्त्रालयको प्रशासनिक, सांगठनिक तथा आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने,
- द्वन्द्व संवेदनशील योजना र द्वन्द्व संवेदनशील बजेट तर्जुमा गर्न राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय तथा अन्य केन्द्रीय निकायहरुसँग समन्वय गर्ने,
- मन्त्रालयको सर्म्पर्क बिन्दु तथा प्रवक्ताको रुपमा कार्य गर्ने,
- मन्त्रालयबाट सञ्चालित योजना तथा कार्यक्रमहरुको आवधिक समीक्षा र नियमित अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य गर्ने,
- मन्त्रालय र अर्न्तर्गत निकायको लागि वाषिर्क कार्यक्रम र बजेटको तर्जुमा एवं कार्यक्रम कार्यान्वयनको लागि स्वीकृत बजेटको निकासा, बाँडफाँड तथा परिचालन गर्ने,
- मन्त्रालयको क्षमता विकास तथा शान्ति प्रक्रियाको सुदृढीकरणका सर्न्दर्भमा प्राप्त हुने द्विपक्षीय एवं बहुपक्षीय सहयोगको परिचालन गर्ने,
- अन्य महाशाखाहरुमा किटानी व्यवस्था भएको बाहेकका अन्य कार्यहरु गर्ने गराउने ।
कानुन तथा संचार महाशाखा
- प्रचलित कानून, सम्झौता तथा सहमतिले तय गरे बमोजिमका शान्ति संयन्त्रहरुको लागि आवश्यक कानून मस्यौदा गर्ने,
- मानव अधिकारको संरक्षण एवं पर््रवर्द्धन सम्बन्धी आवश्यक कार्यहरु गर्ने,
- विभिन्न मानव अधिकार संघ संगठनहरुबाट प्राप्त सुझाव, सिफारिस एवं प्रतिवेदनहरुको कार्यान्वयन गर्न आवश्यक सहयोग गर्ने,
- मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा कानूनी राय दिने,
- मन्त्रालयको सूचना प्रविधि व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
शान्ति संयन्त्र समन्वय महाशाखा
- शान्ति प्रक्रियालाई दीगो र स्थायी बनाउन गठन गरिने विभिन्न आयोग, समिति बीच समन्वय गर्ने ।
- दिगो शान्ति कायम गर्न आवश्यक संस्थागत, प्रक्रियागत एवं प्राविधिक कार्यहरु गर्ने,
- शान्ति संयन्त्रहरुबाट प्राप्त सम्बन्धित राय सुझाव कार्यान्वयन गर्ने,
- मातहतका शाखाहरुको तोकिए बमोजिमको प्रशासनिक कार्यहरु गर्ने,
राहत तथा पुनस्थापना महाशाखा
- द्वन्द्वबाट पीडित, विस्थापित तथा द्वन्द्वबाट प्रत्यक्ष रुपमा प्रभावित भएकाहरुको पुनःस्थापन सम्बन्धी नीति, रणनीति तथा कार्यक्रम तयार गर्ने र कार्यान्वयन गर्ने, गराउने ।
- द्वन्द्वपीडित तथा द्वन्द्व प्रभावित व्यक्ति-परिवारको आवश्यकताको पहिचान र सो सम्बन्धी अध्ययन, अनुसन्धान गर्ने, गराउने,
- द्वन्द्वपीडित व्यक्तिहरुको पुनःस्थापन तथा पुनर्सर्ााजिकीकरणका लागि दर्ीघकालीन नीति तयार गर्ने । सो को आधारमा राहत तथा आर्थिक सहायता सम्बन्धी मापदण्ड, निर्देशिका र कार्यविधि तयार गर्ने,
- जनआन्दोलनका पीडितहरु, बारुदी सुरुङको विष्फोट एवं विस्तृत शान्ति सम्झौता पश्चात घटित घटनाबाट पीडितहरुलाई आर्थिक सहायता उपलब्ध गराउने विषयहरु,
- जनआन्दोलन र द्वन्द्वका मृतक एवं घाइतेका आश्रतिहरुलाई मासिक वृत्ति, आर्थिक सहायता र बालबालिकालाई छात्रवृत्ति एवं अपहरणमा परेका व्यक्तिलाई आर्थिक सहायता सम्बन्धी विषय,
- पीडितहरुलाई कानूनी सहायता, घाइते एवं अपांगहरुको उपचार उनिहरुको सुरक्षार्थ आवश्यक समन्वय, मार्गदर्शन र सहयोग सम्बन्धी कार्यक्रम र कार्ययोजना,
- मातहत शाखाका कर्मचारीहरुको तोकिए बमोजिमका प्रशासनिक कार्यहरु गर्ने ।
द्वन्द ब्यबस्थापन महाशाखा
- द्वन्द्वरत पक्षहरुसंग शान्ति वार्ता सञ्चालनमा वार्ताटोली वा वार्ताकारलाई सहयोग तथा समन्वय गर्ने,
- शान्ति वार्ता प्रकृया र वार्ता कार्यको अभिलेख राख्ने,
- मुलुकमा दिगो शान्ति कायम गर्न आवश्यक संस्थागत एवं प्रक्रियागत संयन्त्रहरुको पहिचान, गठन एवं परिचालन सम्बन्धी कार्य गर्ने,
- शान्ति प्रकृया र द्वन्द्वको संक्रमणकालिन व्यवस्थापन
- शान्ति प्रकृया तथा द्वन्द्व व्यवस्थापनसंग सम्बन्धित सरकारी तथा गैरसरकारी अन्तर्रर्ााट्रय संघ सस्थासंग सर्म्पर्क गर्ने,
- बारुदी सुरुङ व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु बारे सर्म्पर्क, समन्वय तथा तत्सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।
- बारुदी सुरुङ व्यवस्थापनको कार्यमा संलग्न विभिन्न सरकारी, गैरसरकारी तथा अन्तर्रर्ााट्रय संघसंस्थाहरुसँग समन्वय गर्ने ।
पुर्वाधार पुनर्निर्माण महाशाखा
- द्वन्द्वका क्रममा क्षति भएका भौतिक एवं सामाजिक पर्ूवाधार पुनर्निर्माण सम्बन्धि तत्कालिन तथा दर्ीघकालि नीति, रणनीति एवं
कार्यविधि तयार गर्ने गराउने ।
- पुनर्निर्माण सम्बन्धी तथ्यांक विश्लेषण गरी अध्यावधिक गर्ने, क्षत्रि्रस्त भौतिक संरचनाहरुको वर्गीकरण पुनर्निर्माणको लागि
प्राथमिकीकरण गर्ने ।
- भौतिक एवं सामाजिक पूर्वाधारहरुको पुनर्निर्माणका लागि बाषिर्क बजेट तथा कार्यक्रम तयार गरी स्वीकृत गराउने ।
- मातहत शाखाहरुको तोकिए वमोजिमका प्रशासनिक कार्यहरु गर्ने ।