नेपाल सरकार
शान्ति तथा पुनर्निर्माण मन्त्रालय
सिंहदरवार, नेपाल Nepal

जिन्सी मालसामान लिलाम विक्रीको सूचना || रेडियो कार्यक्रम || E-GP सम्वन्धी सूचना || स्वत प्रकाशन गर्नुपर्ने त्रैमासिक विवरण प्रकाशन सम्बन्धमा || सवारी साधन खरिद सम्वन्धी सिलवन्दी बोलपत्र सम्वन्धी सूचना || FM रेडियोबाट स्थानीय स्तरमा शान्ति प्रवर्द्धन कार्यको लागि दरभाउ पत्र सम्वन्धी सूचना || अडियो नोटिस नम्बर सम्वन्धमा || अन्तराष्ट्रिय शान्ति दिवस मनाउने सम्वन्धी सूचना || अन्तर्राष्ट्रिय शान्ति दिवस सम्वन्धी लोगो || आ.व. ७३/७४ का लागि सुचिकृत फर्महरुको विवरण || निजामती सेवा दिवस २०७३ का कार्यक्रमहरु || चामल, दाल, गेडागुडी र पिठो लगायतका अत्यावश्यक खाद्मवस्तुको अधिकतम मूल्य तोक्ने सम्बन्धमा सूचना || Public notice for review & update of NTIS 2010 || Notice of Suggestion Collection for Review of Trade Policy 2065 || Information regarding Liaso Officer || मोटरसाईकल र स्कूटर आपूर्ति गर्ने सम्बन्धी सिलबन्दी दरभाउपत्र आब्हानको सूचना || मेशिनरी उपकरण र फर्निचर सम्बन्धी सामानहरु सिलबन्दी दरभाउपत्र आव्हानको सूचना || Notice for registration of Standing List || स्थानीय शान्ति समितिको म्याद थप सम्वन्धमा || आशय पत्र सम्वन्धी सूचना (EOI Notice for Expert) || सिफारिस गरिएको सूचना || त्रैमासिक प्रकाशन(माघ देखि चैत्र सम्म) || कर्मचारी सेवा करारमा लिने सूचना || आशय पत्र सम्वन्धी सूचना(EOI Notice for Expert) || Short Listing Notice about Psycosocial Counseling and Support Service Project || जिन्सी मालसामान लिलाम बिक्रि सम्वन्धी सूचना || मनोसामाजिक परामर्शसेवापरियोजनाकोआशयपत्र पुनआह्वान || एफ एम रेडियोबाट प्रसारण कार्य सम्वन्धी दरभाउ पत्र || स्टेशनरी सामन खरिदसम्वन्धीसिलबन्दी बोलपत्रको सूचना || EoI FOR “Consulting Services for Conducting PCSS || मनोसामाजिक परामर्श सेवा परियोजनाको आशयपत्र सम्वन्ध || आ.व.०७२/७३ कोलागि सूचिकृत गरिएका फर्महरुको विवरण || छात्रवृतिको सुचना || निजामती सेवा पुरस्कारका लागि सिफारिस गरिएको || आ.व.७२/७३ को विकास सम्वन्धी आयोजनाको विवरण || आ.व. ०७२/७३ को लागि सुची दर्तागर्ने सम्वन्धी सूचना || मन्त्रालय सरेको सूचना || Intrigrity Idols 2014 बिजेता कर्मचारीहरुको विवरण || आ.व. २०७१/७२ को लागि सूचिकृत गरिएका फर्म/कम्पनिको || आ.व. २०७०/७१ को लागि सूचिकृत गरिएका फर्म/कम्पनिको विवरण ||

परिचय


नेपालमा शान्ति प्रयासहरुको व्यबस्थापन गर्ने सम्बन्धमा तत्कालीन सरकारले गरेका विभिन्न प्रयासहरुसंग शान्ति तथा पुनर्निर्माण मन्त्रालयको इतिहास गाँसिएको छ । सरकार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच २०५८ सालदेखि शुरु भएको शान्ति वार्ता प्रयासमा संस्थागत व्यबस्थाको अपरिहार्यतालाई मनन गरी दिगो शान्ति स्थापनार्थ सरकारलाई प्राविधिक, भौतिक तथा अन्य सहयोग उपलब्ध गराउने संस्थागत व्यबस्था गर्ने सम्बन्धमा सिफारिस  पेश गर्न मन्त्रिपरिषद्ले २०५९।११।८ मा गठन गरेको कार्यदलले शान्ति समन्वय तथा व्यबस्थापन केन्द्र गठन गर्न सरकारलाई सिफारिस गरेको थियो । तत्पश्चात शान्ति वार्ता टोलीलाई कार्य सम्पादनको क्रममा आबश्यक समन्वय र सहयोग उपलब्ध गराउन तत्कालीन प्रधानमन्त्रीको कार्यालय अन्तरगत रहने गरी ६ बुँदे कार्यक्षेत्र र जिम्मेवारी सहित मिति २०६०।२।२९ मा शान्ति वार्ता समन्वय सचिवालयको व्यबस्था गरेको थियो । तीन चरणका शान्ति वार्ताहरुमा त्यस सचिवालयले सहयोग गरेको थियो र ती वार्ताहरु बिफल भएपछि सरकारले शान्ति प्रक्रियालाई पुनः अघि बढाउन र साझा राजनीतिक अवधारणा तयार गर्ने उद्देश्यले सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा मिति २०६१।४।२८ मा एक उच्चस्तरीय शान्ति समिति गठन गरी मिति २०६१।५।१५ मा सो समितिको काम, कर्तब्य र अधिकार तोकी सो समितिलाई सहयोग गर्न मन्त्रिपरिषद्को मिति २०६१।५।२९ को बैठकले सरकारको मुख्य सचिवको नेतृत्वमा एक उच्चस्तरीय शान्ति समितिको सचिवालयको स्थापना गरेको थियो । सरकार र माओवादी पक्षबीच भएका विभिन्न चरणका वार्ताहरु बिफल भएपछि मन्त्रिपरिषद्को मिति २०६१।१२।३ को निर्णयअनुसार साबिकको उच्चस्तरीय शान्ति समिति र अन्तरगतका उप-समितिहरुको बिघटन भयो । तर सो अन्तरगत रहेको उच्चस्तरीय शान्ति समितिको सचिवालयलाई कायमै राखिएकोमा मन्त्रिपरिषद्को २०६२।७।३ को निर्णयअनुसार सचिवालयको नाम शान्ति सचिवालय तोकियो । थप पढ्नुहोस्

दृष्टी तथा लक्ष


मन्त्रालयको दुरदृष्टिः

मुलुकमा दिगो शान्ति कायम गरी सुन्दर, शान्त र नंया नेपालको निर्माण  कार्यमा सहयोग गर्नु ।

मन्त्रालयको ध्येय:

विद्यमान हत्या हिंसाको अध्याय समाप्त गरि मुलुकमा दिगो शान्ति र विकासको मार्ग प्रशस्त गर्नका लागि आवश्यक संस्थागत, प्रक्रियागत र प्राविधिक कार्यमा जुट्नु ।

मन्त्रालयका उद्देश्यहरु :

१)     श्रृजनशील द्वन्द्व व्यवस्थापनमा सहयोग पुर्‍याउनु ।
२)     दिगो शान्तिको लागि छलफल, गोष्ठी तथा अर्न्तक्रिया र तालिम संचालन गर्नु ।
३)     शान्ति प्रक्रियामा देशका सम्बद्ध सबै पक्षको समर्थन र सहभागिता जुटाउन सहयोग पुर्‍याउनु ।
४)     शान्तिको पक्षमा अन्तराष्ट्रिय सहयोग र समर्थन जुटाउनु ।
५)     शान्ति बहाली गर्न सरकारले गरेका निर्णयहरुको कार्यान्वयनमा सहयोग पुर्‍याउनु ।
६)     द्वन्द्व व्यवस्थापन, राहत, पुनर्स्थापन र पुनर्निर्माणको कार्ययोजना निर्माण र  कार्यान्वयनमा भूमिका खेल्नु ।
७)     शान्ति र सहमतिको वातावरण सिर्जना गर्न अवलम्बन गर्नु पर्ने नीति तथा  रणनीतिहरु बारे अध्ययन गरी राय सुझाव पेश गर्नु

थप पढ्नुहोस्